काठमाडौं: 5 किलो सूनको साथमा भारतीय युवा पक्राउ
काठमाडौं: 5 किलो सूनको साथमा भारतीय युवा पक्राउ


काठमाडौं, 13 मई (हि.स.)। नेपालको बाटो भएर सूनको तस्करी गर्न हरेक दिन तस्करहरूले नयॉं तरिका अपनाइरहेको खुलासा भएको छ। ताजा मामिलामा सूनको तस्करीको निम्ति लुगामा सूनको लेप लगाएर ल्याउने प्रयास गरिएको कुरा अघि आएको छ।

काठमाडौंस्थत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुलिसले दुई भारतीय युवालाई 5 किलोभन्दा धेरै सूनको साथमा पक्राउ गरेको छ। एयरपोर्टमा नेपाल पुलिसका एसएसपी कृष्णहरि शर्माले भने, आरोपी युवाहरूले जुन लुगा लगाएका थिए त्यसमा सून पगालेर त्यसको लेप लगाइएको थियो।

विमानस्थलमा पक्रा परेका भारतीय युवाको नाम 33 वर्षीय सुरेश कुमार र 32 वर्षीय मोहन कुमार गणेशन बताइएको छ। उनीहरू दुबईबाट नेपाल भएर भारत जाने प्रयासमा थिए। फ्लाई दुबईको विमानमा काठमाडौं पुगेपछि जुन टी शर्ट, पेन्ट लगाएका थिए, त्यही लुगामा सूनको लेप लगाइएको थियो। उनीहरूलाई आज कोर्टमा पेश गरेर रिमाण्ड माग्ने तयारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande