प्रधानमन्त्री र गृहमन्त्रीद्वारा मतदाताहरू रेकर्ड संख्यामा मतदान गर्न अपील
प्रधानमन्त्री र गृहमन्त्रीद्वारा मतदाताहरू रेकर्ड संख्यामा मतदान गर्न अपील


नयॉं दिल्ली, 13 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह मन्त्री अमित शाहले मतदाताहरूलाई उत्साहका साथ मतदानमा भाग लिन अपील गरेका छन्।

चौथो चरणको मतदान शुरू हुनुभन्दा अघि प्रधानमन्त्री मोदीले भने, 'लोकसभा चुनाउको चौथो चरणमा आज 10 राज्य र केन्द्र शासित प्रदेशका 96 सीटमा मतदान भइरहेको छ। मलाई विश्वास छ यी सबै सीटहरूमा जनसाधारणले भारी संख्यामा मतदान गर्नेछन्, जसमा युवा र महिला भोटरले उत्साहका साथ भाग लिनेछन्। आउनुहोस्, आफ्नो कर्तव्य निर्वाह गरौं र लोकतन्त्रलाई बलियो बनाउॅं।'

केन्द्रिय गृह मन्त्री अमित शाहले पनि सबै मतदाताहरूलाई अपील गर्दै भने, 'लोकसभा चुनाउको चौथो चरणमा आज उत्तर प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश र जम्मू कश्मीरका मतदाताहरूलाई अपील गर्दछु कि एउटा यस्तो सरकार बनाउनका लागि रेकर्ड संख्यामा मतदान केन्द्रहरूसम्म पुगौं, जसको विरासतको सम्मान ध्येय होस्, गरीब कल्याण जसको सर्वोच्च प्राथमिकता होस्, नक्सलवादको नाश जसको संकल्प होस र विकसित भारत जसको मिशन होस्। तपाईहरूको एक-एक भोट स्थिर, सशक्त र निर्णयशील सरकारको निम्ति बलियो आधार स्तम्भको कार्य गर्नेछ।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande