मनसुन तयारीलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको सभा सम्पन्न
मनसुन तयारीलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको सभा सम्पन्न


गान्तोक, 15 मई (हि.स.)। आगामी मनसुन तयारीलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको एक सभा राजधानीस्थित एक होटलमा सम्पन्न भयो। राज्यका नोडल अधिकारीहरूलाई लिएर आयोजना गरिएको यस सभामा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र जिल्ला आपदा प्रवन्धन प्राधिकरण लगायत अन्य अधिकारीहरूको उपस्थिति थियो।

सभालाई सम्बोधन गर्दै सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका विशेष सचिव प्रभाकर राईले आपदको समयमा व्यवस्थित कार्यप्रवाह सुनिश्चित गर्न नोडल अधिकारीहरूबीच समन्वय हुन अति आवश्यक रहेको बताए। उनले प्राकृतिक प्रकोपका बेला निर्देशन र योजना कार्यान्वयनका बीच निर्बाध सञ्चारको आवश्यकतामा जोड दिए।

उनले विद्यालयको पाठ्यक्रममा विपद् व्यवस्थापन समावेश गर्दै विपद् व्यवस्थापन क्लब गठन गर्नुपर्ने बताए। उनले विभिन्न विभागहरूले उठाएका चिन्ताहरू सम्बोधन गर्दै विभागीय रणनीति र पहलहरूबारे अन्तर्दृष्टि प्रदान गरे।

कार्यक्रमलाई प्राधिकरणकी अतिरिक्त सचिव परिना गुरूङ, सहायक अर्बन प्लानर दिनेश ढकाल आदिले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार


 rajesh pande