नाम्ची जिल्लाले प्राप्त गऱ्यो 21 वटा पोस्टल व्यालेट
नाम्ची जिल्लाले प्राप्त गऱ्यो 21 वटा पोस्टल व्यालेट


नाम्ची, 15 मई (हि.स.)। गत 19 अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए। यसै क्रममा नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको लागि आज नाम्ची डाकघरको माध्यमद्वारा पोस्टल व्यालेट प्राप्त भयो।

नाम्ची जिल्लाका जिल्लापालले पोस्टल व्यालेट प्राप्त गरेका थिए। नाम्ची जिल्लाका डाकघरबाट आज कुल 21 वटा पोस्टल व्यालेट आएको बताइएको छ। हालसम्म नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति 368 वटा पोस्टल व्यालेट प्राप्त भइसकेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande