खरसाङको सातकन्या देवी मन्दिरमा नौ दिवसीय पूजा आरम्भ
खरसाङको सातकन्या देवी मन्दिरमा नौ दिवसीय पूजा आरम्भ


श्री श्री कृष्णानन् कालिदास परमहंस महाराज बाबाको बाहुलीबाट उदघाटन

खरसाङ, 15 मई (हि.स.)। खरसाङको वार्ड नम्बर 19 अन्तर्गत उजेरी बस्तीमा अवस्थित श्री श्री सातकन्या देवी एवं माँ कात्यायनी धाम मन्दिरमा 38औं नौ दिवसीय चण्डी महायज्ञ एवं लक्ष आहुति यज्ञ अनुष्ठान आजदेखि शुरु भएको छ। उक्त नौ दिवसीय पूजाको पहिलो दिन उद्घाटन समारोहमा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहेको थियो। उनकै बाहुलीबाट नौ दिवसीय पूजाको विधिवत् रुपमा उद्घाटन गरिएको छ।

उक्त नौ दिवसीय पूजाको पहिलो दिन उपस्थित श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबा कामाख्या माताको साधु रहेको बताइएको छ। उनको हरियाणास्थित रोतक जिल्लाको साँपलामा मुख्य आश्रम छन् भने भारतभरि उनको 300 वटा आश्रमहरू छन्। उनलाई आज खरसाङको श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर परिसरमा आयोजक समितिको पक्षबाट भव्य स्वागत जनाइएको छ।

उनकै प्रमुख उपस्थितिमा पूजा अर्चनासहित नौ दिवसीय पूजाको शुभराम्भ गरिएको छ। उनीसितै पहिलो दिनको पूजामा जीटीए प्रमुख अनित थापाको पनि विशेष उपस्थिति रहेको थियो। पहिलो दिनको पूजामा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाबाट पूजा अर्चनासहित प्रवचन साथै अभिषेक कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

आयोजक समितिको पक्षबाट उनलाई विशेष सम्मान पनि गरिने बताइएको छ। उक्त नौ दिवसीय पूजा आगामी 23 मईसम्म चल्ने छ। श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर निर्माण समितिका महासचिव हेमन्त दर्नालले पत्रकारहरूसित कुराकानी यसपाली खरसाङको वार्ड नम्बर 19 मा रहेको श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिरमा 38औं वार्षिक पूजा आजदेखि शुरु भएको र पहिलो दिनको पूजामा जीटीए प्रमुख अनित थापा र श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहेको बताए। उनले यो नौ दिवसीय पूजा आगामी 23 मईसम्म चल्ने जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande