भोट ब्याङ्कको निम्ति घुसपैठ र देशको सुरक्षासॅंग खेलवाड़ सहन गरिने छैन: एस जयशंकर
भोट ब्याङ्कको निम्ति घुसपैठ र देशको सुरक्षासॅंग खेलवाड़ सहन गरिने छैन: एस जयशंकर


कोलकाता, 15 मई (हि.स.)। सीमाको सुरक्षा देशको सबैभन्दा ठूलो आवश्यकताहरू मध्ये एक हो। भोट ब्याङ्कको निम्ति यससॅंग खेलवाड़ सहन गरिने छैन। उक्त कुरा केन्द्रिय विदेश मन्त्री डा. एस जयशंकरले भनेका हुन्। मंगलवार उनी कोलकातामा 'भारतले किन महत्व राख्छ' विषयमाथि आयोजित एक सेमिनारमा बोल्दै थिए।

यस शीर्षकमा जयशंकरले एउटा पुस्तक पनि लेखेका छन्। उक्त पुस्तकको बांग्ला संस्करणको विमोचन पनि गरियो। कोलकाता सिटीजन्स इनीशिएटिभ, राजस्थान बंगाल मैत्री परिषद र कन्सर्न फर् कलकत्ताको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै एस जयशंकरले भने, भारत बांग्लादेश सीमामा घुसपैठ रोक्नको निम्ति बार लगाउनु पर्ने आवश्यकता छ। घुसपैठीहरूलाई रोक्नु हाम्रो कर्तव्य हो। कसैलाई पनि छिमेकी देशका नागरिकहरूलाई अवैध तरिकाले घुसपैठ गराउने अधिकार छैन।

देशमा सुरक्षा र जनसांख्यिकीय परिवर्तनबिचको सम्बन्धबारे प्रश्न गर्दा जयशंकरले भने, 'मोदी सरकारले यस सम्बन्धमा आवश्यक सबै काम गर्नेछ।' पाकिस्तान अधिकृत कश्मीर (पीओके) को स्थितिको बारेमा एक प्रश्नको जवाफमा उनले भने, 'त्यस क्षेत्रमा बस्ने मानिसहरूले कश्मीरमा भइरहेको सकारात्मक परिवर्तन हेरिरहेका छन्। जबसम्म कश्मीरमा संविधानको अनुच्छेद 370 लागू थियो, तबसम्म हिंसा र अलगाववादको विभिन्न गतिविधिहरू जारी थियो। त्यस समय 'पीओके' को बारेमा धेरै चर्चाको समय थिए तर अब स्थिति बद्लिएको छ।'

कार्यक्रमको सह प्रायोजकहरू मध्ये एक कलकत्ता सिटीजन्स इनिशिएटीभका अध्यक्ष नारायण जैनले विदेश मन्त्रालयमा एक नौकरशाहको रूपमा जयशंकरको उपलब्धी र विभिन्न देशहरूसॅंग भारतको सम्बन्धलाई राम्रो बनाउनमा उनको भूमिकाको सराहना गरे। राजस्थान बंगाल मैत्री परिषदका अध्यक्ष शिशिर बाजोरियाले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डा. एस जयशंकरको नेतृत्वमा वैश्विक मंचमा भारत अगाडि बढिरहेकोमा प्रशंसा गरे।

जयशंकरको अंग्रेजी पुस्तक 'व्हाई भारत म्याटर्स' को बांग्लामा अनुवाद कौशिक दास गुप्ताले गरेका हुन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande