डा एडोन रोंगोंगको निधनमा सभासद सन्दीप छेत्रीले दिए श्रद्धाञ्जली
डा एडोन रोंगोंगको निधनमा सभासद सन्दीप छेत्रीले दिए श्रद्धाञ्जली


खरसाङ, 15 मई (हि.स.)। भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं इसाईहरूका अगुवा रेभरेन्ट डा एडोन रोंगोंगको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभासद सन्दीप छेत्रीले गहिरो श्रद्धाञ्जली एवं शोक समवेदना प्रकट गरेका छन्।

चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दीप छेत्रीले प्रेस विज्ञप्तिमा भनेका छन्, 'नेपाली साहित्यमा आफ्नो बहुमूल्य योगदान दिनुहुने एवम् नेपाली इसाई जगतका एक चम्किला तारा जसको कार्य अनि कुसल नेतृत्वको धेरैभन्दा धेरै प्रभाव हामीमा थियो र छ अनि सदैव रहने छ। उनको निधनको दु:खद खबरले हामी सबैलाई मर्माहत बनाएको छ।'

सभासद सन्दीप छेत्रीले अघि भने, 'उनको निधनमा अत्यन्त मर्माहत बन्दै गहिरो शोक व्यक्त गर्दछु। एडोन रोंगोंगको परिवारलाई यस ठूलो बज्रपात सहन गर्ने ईश्वरीय शक्ति मिलोस्। उनी सदैव हाम्रो सम्झनामा रहनेछन्।'

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande