सोरेङ जिल्लामा दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न
सोरेङ जिल्लामा दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न


सोरेङ, 15 मई (हि.स.)। सोरेङ जिल्लाको निम्ति आगामी 2 जूनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको मतगणनालाई लिएऱ आज रूअर्वन कम्प्लेक्स भवनमा काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अब्जर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। प्रशिक्षणमा कुल 59 माइक्रो अब्जर्भरहरूले सहभगिता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से योङदाले वास्तविक मतगणना प्रक्रियामा कुनै त्रुटि हुनबाट बाँच्न प्रशिक्षण कार्यक्रममा गम्भीर संलग्नताको आवश्यकताबारे प्रकाश पारिन्।

यसै क्रममा एसएलएमटी धिरज सुवेदीले एक व्यापक पावरपोइन्ट प्रेजेन्टेनसनको माध्यमद्वारा मतगणना प्रक्रियाका विभिन्न पक्षहरूबारे गहिरो ज्ञान प्रदान गरे। सहभागीहरूलाई मतगणना सम्बन्धी कानुनी प्रावधानहरू, मतगणना अधिकारीहरूको निर्देशन, भूमिका र जिम्मेवारीहरू र मतदान डाटा प्रविष्ट गर्ने प्रक्रियाहरूबारे जानकारी गराए। उनले विशेष रूपमा डाक मतपत्रहरू ह्यान्डल गर्ने प्रक्रियाबारे पनि जानकारी गराए।

हिन्दुस्थान समाचार


 rajesh pande