स्पेनकी स्टार फुटबलर एलेक्सिया पुटेलसले बार्सिलोनासॅंग नयॉं अनुबन्धमा हस्ताक्षर गरिन्
स्पेनकी स्टार फुटबलर एलेक्सिया पुटेलसले बार्सिलोनासॅंग नयॉं अनुबन्धमा हस्ताक्षर गरिन्


म्याड्रिड, 22 मई (हि.स.)। स्टार स्पेनिश महिला फुटबलर एलेक्सिया पुटेलसले जून 2026 सम्म एफसी बार्सिलोनासॅंग नयॉं अनुबन्धमा हस्ताक्षर गरेकी छन्, जसमा अझ एक वर्षको निम्ति विस्तारको विकल्प पनि सामेल छ। क्लबले मंगलवार उक्त जानकारी दिएको हो।

बार्सिलोनाको निम्ति 424 म्याचमा 189 गोल गर्ने र स्पेनको राष्ट्रिय महिला टीमको निम्ति 114 म्याचमा 30 गोल गरेपछि 30 वर्षीय पुटेलसलाई सर्वकालिक सर्वश्रेष्ठ महिला फुटबलहरू मध्ये एक मानिन्छ। उनको प्रदर्शनलाई वैश्विक स्तरमा तब पहिचान मिल्यो जब उनलाई 2021 र 2022 मा संसारकै सर्वश्रेष्ठ खेलाडीको रूपमा बेलन डी'ओरले सम्मानित गरियो।

घौंडाको चोटका कारण 2023 मा पुटेलसको उपस्थिति सीमित भयो र उनले महिला विश्व कपमा स्पेनको जीतमा केवल एक सानो भूमिका निभाइन र लीगा एफमा केवल आठ म्याच खेलिन्। गत शनिवार कोपा डे ला रीनाको फाइनलमा जब बार्सिलोनाले रियल सोसिदादलाई 8-0 ले हरायो। उनी एक विकल्पको रूपमा देखिएकी थिइन् भने त्यस जितका साथै उनले अब आफ्नो क्लबसॅंग 29 ट्रफी जितेकी छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande