बंगालका आठ लोकसभा सीटमा मतदान शुरू
बंगालका आठ लोकसभा सीटमा मतदान शुरू


कोलकाता, 25 मई (हि.स.)। पश्चिम बंगालको आदिवासी बहुल जंगल महल क्षेत्र तथा भारतीय जनता पार्टी (भाजपा)- को गढ़ मानिने मेदिनीपुर क्षेत्रमा शनिवार छैटौं चरणको चुनाउ अन्तर्गत बिहान 7:00 बजेदेखि मतदान शुरू भएको छ। यस क्षेत्रका पाँचवटा जिल्लाहरू अन्तर्गत आठवटा लोकसभा क्षेत्रहरू पर्दछन्।

तमलुक, कांथी, घटाल, झाड़ग्राम, मेदिनीपुर, पुरूलिया, बाँकुड़ा औ बिष्णुपुर लोकसभा क्षेत्रमा बिहान 7:00 बजेदेखि मतदान शुरू भएको छ। भीषण गर्मी अनि घामदेखि बच्नका लागि बिहान-बिहान मतदान केन्द्रहरूमा मतदाताहरूको लामो पंक्ति देखियो। मोठ 79 जना उम्मेद्वारहरूमध्ये सबैभन्दा अधिक बाँकुड़ा र झाड़ग्रामबाट 13-13, पुरूलियाबाट 12, मेदिनीपुर, कांथी र तमलुकबाट 9-9 तथा घाटाल र विष्णुपुरबाट 7-7 जना उम्मेद्वार चुनावी मैदानमा छन्।

राज्यका मुख्य चुनाउ अधिकारीको कार्यालय अनुसार पश्चिम बंगालमा छैटौं चरणको लागि सीएपीएफका मोठ 1,020 कम्पनीहरूलाई तैनाथ गरेको छ जसमध्ये 919-लाई मतदान केन्द्रहरूमा तैनाथ गरिएको छ भने अन्य 101 कम्पनीमध्ये अधिकांशलाई त्वरित प्रतिक्रिया टीमको अंगको रूपमा तैनाथ गरिएको छ भने एउटा सानो भागलाई रिजर्भमा राखिएको छ।

पछिल्लो लोकसभा चुनाउमा यी आठ सीटमध्ये पाँचमा भाजपाले जीत दर्ता गराएको थियो भने तीनमा तृणमूल कंग्रेसले जीत ह सिल गरेको थियो। घटाल अहिले पनि तृणमूल कंग्रेसको गढ़ हो। यसलाई छोड़ी पूर्वी मेदिनीपुर जिल्लामा राजनीतिक समीकरण फेरिएको छ। जिल्लाको तमलुक र कांथी लोकसभा सीटमा ममता ब्यनर्जीको तृणमूल कंग्रेसले वर्ष 2019- मा जीत हासिल गरेको थियो।

आदिवासी कुर्मी औ महतो समुदायहरूलाई लक्षित कल्याणकारी योजनाहरूको माध्यमबाट तृणमूलले आफ्नो प्रभाव बढ़ाएको भए पनि शुभेन्दु अधिकारीले वर्ष 2021- मा पल्ला फेरेपछि क्षेत्रमा शक्ति सन्तुलन भाजपाको पक्षमा भएको मान्यता छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande