मतदान शुरू हुनसाथै बंगालमा छुटपुट हिंसा, माकपाका पोलिंग एजेन्टहरूको अपहरण
मतदान शुरू हुनसाथै बंगालमा छुटपुट हिंसा, माकपाका पोलिंग एजेन्टहरूको अपहरण


कोलकाता, 25 मई (हि.स.)। पश्चिम बंगालमा शनिवार मतदानसितै हिंसाको सिलसिलामा पनि शुरू भएको छ। हल्दिया क्षेत्रमा मतदान केन्द्रभित्र बसेका माकपाका पोलिंग एजेन्टहरूलाई अपहरण गरिएको छ।

पार्टीले आफ्नो ह्वाट्सएप ग्रुपमा जारी बयानमा बतायो, हल्दियाको 227 नम्बर बूथमा बसेका दुईजना पोलिंग एजेन्टलाई सत्तारूढ़ तृणमूल कंग्रेसका मानिसहरूले अपहरण गरेका छन्। पार्टी उम्मेद्वार सायन ब्यनर्जीले भनेका छन्, नयन प्रमाणिक र आशीष प्रमाणिक नामक दुई पोलिंग एजेन्ट बूथमा बस्नेवाला थिए। हिजो रातीसम्म उनीहरू ठिकै थिए, तर बिहान 5:30 बजेपछि उनीहरूको कुनै सुइँको पाइएको छैन। यो निश्चित हो, उनीहरूलाई तृणमूलका मानिसहरूले अपहरण गरेका छन्।

उनीहरूले चुनाउ आयोगसित यस मामिलामा तत्काल कदम उठाउने गुहार लगाएका छन् ताकि दुवैलाई सुरक्षित घर फर्काउन सकियोस्। अर्कोतिर रघुनाथगंजमा पाँचवटा ईभीएम र वीवी प्याट मसिनमा भाजपाको ट्याग लागेको सिकायत अघि आएको छ। तृणमूल कंग्रेसले यस सन्दर्भमा चुनाउ आयोग समक्ष सिकायत गरेको बताइएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande