भाजपा उम्मेद्वार हिरण्मयको वाहनलाई घेरेर तृणमूल कार्यकर्ताहरूले गरे प्रदर्शन, अग्निमित्रालाई पनि रोकियो
भाजपा उम्मेद्वार हिरण्मयको वाहनलाई घेरेर तृणमूल कार्यकर्ताहरूले गरे प्रदर्शन, अग्निमित्रालाई पनि रोकियो


कोलकाता, 25 मई (हि.स.)। पश्चिम बंगालका आठवटा लोकसभा सीटहरूमा शनिवार बिहानदेखि भइरहेको मतदान अवधि ठाउँ-ठाउँमा भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वारहरूलाई तृणमूलको विरोधको सामना गर्न परिरहेको छ। केशपुरमा घाटालका भाजपा उम्मेद्वार हिरण्मय च्यटर्जीको वाहनलाई घेरेर तृणमूल समर्थकहरूले विरोध प्रदर्शन गरे। तृणमूल कार्यकर्ताहरू वाहन अगाड़ि सड़कमा तेर्सिए। महिलाहरूले लौरो, बाँसको भाटा आदि बोकेर रँड़ाको मच्चाउन थाले। हिरण कारमै बसिरहे। तृणमूल समर्थकहरूले उनीमाथि गत बुधवार राती क्षेत्रमा अशान्ति फैलाएको आरोप लगाइरहेका थिए।

केशपुरमा प्रदर्शन गरिरहेका तृणमूल कार्यकर्ताहरूले आरोप लगाए, गत बुधवार राती भाजपा कार्यकर्ताहरूले उनीहरूमाथि आक्रमण गरे। तीनजनाको हात भाँचिएको छ। यस सन्दरभमा हिरणले भने, ''''सिकायत कहाँ दर्ता गरिएको छ? उनीहरूको पुलिस छ, उनीहरूले सिकायत गरेनन्? एफआईआरको कपी देखाउन लगाइयोस्। धारा 144 लागू छ। उनीहरू हातमा लौरो र भाटा लिएर निक्लिएका छन्।

यस सन्दर्भमा प्रश्न गर्दा पश्चिम मेदिनीपुरको घटाल सीटबाट तृणमूल उम्मेद्वार देबले भने, “म आज हिरणको बारेमा केही पनि भन्न चाहँदिनँ। उम्मेद्वारहरूलाई बधाई। मानिसहरूले पनि त्यै मानिसलाई भोट दिन्छन् जसमाथि उनीहरूलाई भरोसा छ। अहिलेसम्ममा मतदान राम्रैसितले भइरहेको देखिँदैछ।''''

अर्कोतिर मेदिनीपुरबाट भाजपा प्रत्याशी अग्निमित्रा पाल विशाल लावा-लस्करसितै मतदानको लागि खड़गपुर गाउँमा पुगेका थिए, तर पुलिसले उनको लावा-लस्करलाई रोक्यो। पछि ग्रामीणहरूले कथित रूपमा उम्मेद्वारको कारलाई घेरेर प्रदर्शन गरे।

अग्निमित्राले यस सन्दर्भमा भने, ''''मेरो लावा-लस्करमा तीनवटा वाहन छ। अन्य वाहनहरू मीडियाको हो। राज्य पुलिसले यसलाई सहन गर्न नसकेको कारणले ब्लक गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande