पिताको हत्यापछि पुत्रले आफ्नो पाँच वर्षीय पुत्रसितै आत्महत्या गरे
पिताको हत्यापछि पुत्रले आफ्नो पाँच वर्षीय पुत्रसितै आत्महत्या गरे


पाली, 9 मई (हि.स.)। जैतपुर थाना क्षेत्रको कुलथाना गाउँमा छोराले बुवाको गला दबाएर हत्या गरिदियो। बुवाको हत्यापछि छोरा स्वयंले आफ्नो पाँच वर्षीय छोरासित तलाउमा डुबेर आत्महत्या गऱ्यो। पत्नीसित सम्बन्ध विच्छेद भएपछि छोरा बुवासित रिसाएको थियो।

पाली ग्रामीण सीओ रतनाराम देवासीले बताए, ग्रामीणहरूबाट सूचना प्राप्त भयो कि गाउँकै प्रकाश पटेल (30)-को दुई-तीन दिनअघि सामाजिक स्तरमा आफ्नो पत्नीसित सम्बन्ध विच्छेद भएको थियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार यसको लागि प्रकाशले आफ्ना पिता दुर्गाराम पटेल (65)-लाई दोषी मानिरहेको थियो। रिसको आवेगमा आएर प्रकाशले आफ्नो पिता दुर्गाराम पटेलको गला दबेर हत्या गरिदियो। त्यसुपछि प्रकाशले आफ्नो पाँच वर्षीय पुत्र राहुल पटेललाई लिएर गाउँकै तलाउमा हाम फाल्यो जसमा दुवैको मृत्यु भयो। दुवैको शवलाई राती नै उद्धार गरीबांगड़ हस्पिटलको मोर्चरमीमा रखाइएको छ।

जैतपुर थानाधिकारी राजेन्द्र सिंहले बताए, ग्रामीणहरूले दुर्गाराम पटेलको मृत्युको सूचना दिएका थिए। त्यसपछि घटनास्थलमा पुग्यौं। त्यहाँ पुगेर छोरा र नाती पनि गाउँको तलाउतिर गइरहेको देखिएको थाहा लाग्यो। खोजी गर्दा दुवैको शव तलाउमा देखियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande