इन्स्टाग्राममा धार्मिक भावनालाई ठेस पुऱ्याउने दुईजनालाई पुलिसले समात्यो
इन्स्टाग्राममा धार्मिक भावनालाई ठेस पुऱ्याउने दुईजनालाई पुलिसले समात्यो


अररिया, 09 मई (हि.स.)। अररियाको कुर्साकांटा थाना पुलिसले सोशल मीडिया इन्स्टाग्राममा धार्मिक भावनाहरूलाई ठेस पुऱ्याउने तथा भड़काउ पोस्ट गर्ने इन्स्टाग्राम फलोअर 23 वर्षीय मो. मासुम र 21 वर्षीय मो. इस्तियाकलाई पक्राउ गरेको छ। सोशल मीडियामा भड़काउ एवं धार्मिक भावनाहरूलाई ठेस पुऱ्याउने पोस्ट बारे जानकारी हात लाग्नसाथ एसपी अमित रंजन एक्शनमा आए अनि कुर्साकांटा थाना पुलिस र डीआईयू टीमको विशेष टीम गठन गरी त्वरित कारबाही गर्दै दुवै युवकलाई पक्राउ गऱ्यो।

पुलिसले दुईजनालाई पक्राउ गरेपछि उनीहरूको त्यस एण्ड्रोयड फोनलाई पनि जफत गऱ्यो जसको माध्यमबाट उक्त पोस्ट गरिएको थियो। पुलिसले कुर्साकांटा थाना क्षेत्रको मरातीपुर निवासी मो. मन्सुरका 23 वर्षीय पुत्र मो. मासुम अनि हडुआबाड़ी गाउँका मो. मुस्फाकका 21 वर्षीय पुत्र मो. इस्तियाकलाई पक्राउ गऱ्यो। दुवैविरूद्ध कुर्साकांटा थानामा पुलिसले मुद्दा दर्ता गराएको छ।

कुर्साकांटा थानाध्यक्ष अभिषेक कुमारले बताए, इन्स्टाग्राममा सामाजिक सौहार्द खलबलाउने पोस्ट गरेको जानकारी प्राप्त भएपछि एसपीको निर्देशमा दुवैको अकाउण्ट जाँच गरियो। उनले बाताए, सामाजिक सौहार्दमा खलल ल्याउने नियमतले धर्म विशेषको धार्मिक भावनालाई भड़काउने पोस्ट गरिएको थियो। पुलिसले तत्काल कारबाही गरेर आरोपीलाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande