भ्रष्टाचारीहरूको भेला हो विपक्षी दलहरूको गठबन्धन: जेपी नड्डा
भ्रष्टाचारीहरूको भेला हो विपक्षी दलहरूको गठबन्धन: जेपी नड्डा


चित्रकूट, 09 मई (हि.स.)। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा चित्रकुटको चुनावी जनसभामा विपक्षी दलहरूको गठबन्धन आईएनडीआईएमाथि निकै बर्सिए। नड्डाले भने, यो गठबन्धन भ्रष्टाचारीहरूको भेला हो। मोदीजीले भन्छन्- भ्रष्टाचारी हटाउनु पर्छ, विपक्षी गठबन्धनले भन्छ- भ्रष्टाचारीहरूको रक्षा गर्नुपर्छ। यिनीहरू सबै परिवारवादी हुन्।

भाजपा अध्यक्ष नड्डा चित्रकूटबाट भाजपा उम्मेदवार आरके सिंह पटेलको समर्थनमा जनसभालाई सम्बोधित गरिरहेका थिए। नड्डाले भने, राहुल गॉंधीका एक सल्लाहकारले छालाको आधारमा भारतलाई विभाजित गर्ने कुरा गरेको थियो। यस्ता व्यक्तिहरूले भारतको संस्कृतिसॅंग खेलवाड गरिरहेको छ। अहिले राहुल गॉंधी संविधानको कपी लिएर घुमिरहेका छन्। संविधानमा बाबा साहेब अम्बेडकरले लेखेका छन्, आरक्षण धर्मको नाममा हुने छैन तर कांग्रेस दलित, आदिवासी, पछौटे र अति पछाडिएका मानिसहरूको अधिकारमा हस्तक्षेप गरेर धर्मको आधारमा आरक्षण दिने कुरा गरिरहेका छन्।

भाजपा अध्यक्षले भने, एक समय उत्तर प्रदेश बिमार राजय थियो तर आज मोदी र योगीको नेतृत्वमा उत्तर प्रदेश देशकै अग्रणी राज्य बनेको छ। डिफेन्स इण्डस्ट्रियल करिडोरमा अब चित्रकूटलाई पनि सामेल गरिएको छ। यस कारण चित्रकूट र बांदाको नक्सा बद्लिने छ र यहॉंका युवाहरूले रोजगारको अवसर पाउनेछन्। मोदीजीले सबैको साथ, सबैको विकास, सबैको विश्वास , सबैको प्रयासको मन्त्रलाई आत्मसाथ गर्दै गाउॅं, गरीब, शोषित, वंचित, पीडित, युवा, किसान र महिलाहरूको सशक्तिकरणको निम्ति काम गरे।

नड्डाले अझ भने, भारतको राजनीतिमा परिवारवाद, जातिवाद, व्यक्तिवाद, भ्रष्टाचार, भोटब्याङ्क र तुष्टीकरण मात्र चल्थ्यो, तर मोदीले 10 सालमा जातिवाद, क्षेत्रावाद र तुष्टीकरणको राजनीति विरूद्ध आवाज उठाएर विकासवादको राजनीतिलाई अगाडि बढाए। मोदी आएपछि भारतको राजनीतिमा सबै कुरा परिवर्तन भएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande