राहुल गान्धीको ‘भोट चोरी’ नाटक, राजनीतिक छवि र कांग्रेषभित्र नेतृत्व जोगाउने प्रयास
Rahul Gandhi


-बिहार चुनाउ परिणामले कांग्रेसको भविष्य र राहुल गान्धीको नेतृत्व क्षमतामा निर्णायक प्रभाव पार्ने

पटना, १२ नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउमा कांग्रेस नेता राहुल गान्धीले फेरि एकपटक ‘भोट चोरी’ को मुद्दा उठाउँदै राष्ट्रिय राजनीतिक वृतमा हलचल ल्याएका छन्। राजनीतिक विश्लेषकहरू यो कदमलाई केवल निर्वाचन आयोग वा ईभीएममाथि लगाइएको आरोपका रूपमा हेर्दैनन्। उनीहरूको धारणा अनुसार, यो रणनीति राहुल गान्धीले आफ्नो पार्टीभित्रको पकड़ मजबुत बनाउन र नेतृत्वको स्थिति जोगाउनका लागि सञ्चालन गरेका हुन्।

हारको बाह्य कारण, नेतृत्वको बचाउ

राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार सुरेन्द्र अग्निहोत्रीका अनुसार, राहुल गान्धी निरन्तर हारको दोष बाह्य कारणहरूमा थोपरेर यो सन्देश दिन खोजिरहेका छन् कि कांग्रेसको हार उनीहरूको व्यक्तिगत कमजोरीका कारण होइन, बाह्य शक्तिहरू र परिस्थितिहरूका कारण भएको हो।

राहुल गान्धीको हारको इतिहास र बहाना

राहुल गान्धीले सन् २०१४ को लोकसभा चुनाउको हारको कारण पार्टीको कमजोरी बताएको थियो। सन् २०१९ मा उनले मोदी सरकारले प्रयोग गरेको ईडी, सिभिआई र आयकर निकायहरूलाई दोषी ठहराए। सन् २०२४ मा उनले ईभीएमलाई दोष दिए। हालैको बिहार चुनाउमा उनले फेरि मतदान मेशिन र निर्वाचन आयोगमाथि निशाना साधेका छन्। राजनीतिक विश्लेषक डा. आशिष वशिष्ठका अनुसार, यो रणनीति नेतृत्वमाथि उठ्ने प्रश्नहरूबाट जोगिन बनाइएको कदम हो।

बिहारमा हार भए नेतृत्वमाथि उठ्नेछ प्रश्न

लोकसभामा २४० सिटको मोदी लहरपछि पनि महाराष्ट्र र हरियाणाको हारले कांग्रेसको आशा ढालेको थियो। यदि बिहारमा पनि हार भयो भने राहुल गान्धीको नेतृत्व फेरि प्रश्नमा आउनेछ। त्यसैले उनी भन्छन्—उनीहरू हार्दैनन्, हराइन्छ। विज्ञहरूको मतमा राहुल गान्धीको यो रणनीति पार्टीभित्र सन्देश हो—जो नेता चुनाउ जिताउन असफल छन्, तिनीहरूको विकल्प खोज्नुपर्ने समय आएको संकेत हो।

राष्ट्रिय स्तरमा राजनीतिक संकेत

राहुल गान्धीको वक्तव्य अब भाजपा र विपक्षी दलहरूका लागि पनि राजनीतिक सन्देश बनेको छ। यसले स्पष्ट गर्छ कि उनी अब हारको कारण खोज्ने होइन, ईभीएम र निर्वाचन आयोगलाई दोष दिएर चुनावी वातावरणलाई आफ्नो पक्षमा मोड्ने प्रयासमा छन्। बिहार चुनाउको परिणामपछि कांग्रेसभित्र नेतृत्वबारे बहस तीव्र हुने अपेक्षा छ। राहुल गान्धीको यो चाल अहिलेका लागि तिनलाई सुरक्षा कवच जस्तो देखिँदैछ, तर वास्तविक परीक्षा आगामी चुनाउहरू र पार्टी रणनीतिमा हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande