
जलपाइगढ़ी, 12 नोभेम्बर (हि.स.)। जलपाइगढ़ी मेडिकल कलेज अधिनस्थ सदर अस्पतालमा बुधवारदेखि पाँचवया नयाँ डायलिसिस मशिनहरूको सेवा शुरू गरियो। अब किडनी रोगीहरूले नियमित अनि निर्बाध रूपमा डायलिसिसको सुविधा पाउनेछन्।
यसपूर्व अस्पतालमा रहेका डायलिसिस मशिनहरू धेरै पुरानो भइसकेको थियो र प्रायजसो नै खराब हुन्थ्यो जसले गर्दा रोगीहरूलाई समस्या हुन्थ्यो। कैयौं पटक उनीहरूलाई उपचार बिनै फर्किनु पर्थ्यो।
अस्पतालका सुप्रिन्टेण्डेन्ट कल्याण खाँले बताए, नयाँ मशिनहरू आएपछि अब डायलिसिसको सुविधा लगातार अनि निर्विघ्न उपलब्ध गराउन सकिन्छ।
यसै अस्पतालमा बुधवार हल्दीबाड़ीबाट आएकी 23 वर्षीय यशोदा रायले डायलिसिस गराइन्। यशोदालाई सप्ताहमा तीन पटक डायलिसिस गराउनुपर्छ। उनकी आमा सोमा रायले भनिन्, पहिला पुराना मशिनहरू बारम्बार खराब हुन्थे। कैयौं पटक हामी त्यसै फर्किनु पर्थ्यो। नयाँ मशिनहरू आएपछि अब ठूलो राहत मिलेको छ।
अस्पताल प्रशासनको भनाइ छ, नयाँ मशिनहरूबाट अब प्रतिदिन अधिक रोगीहरूलाई डायलिसिसको सुविधा दिन सकिन्छ जसबाट क्षेत्रका सयकड़ौं किडनी रोगीहरूलाई फाइदा पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा