जम्मू-कश्मीर पुलिसले सफेदपोश आतङ्की मोड्युल मामलामा हरियाणाका धर्मगुरुलाई हिरासतमा लियो
जम्मू-कश्मीर पुलिसले सफेदपोश आतङ्की मोड्युल मामलामा हरियाणाका धर्मगुरुलाई हिरासतमा लियो


श्रीनगर, 12 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीर पुलिसले फरीदाबादको एक विश्वविद्यालयबाट सञ्चालित सदफेपोश आतङ्की मोड्युल मामलामा हरियाणाको मेवातबाट एक धर्मगुरुलाई हिरासतमा लिएको छ।

अधिकारीहरूले बताएका छन्, मौलवी इश्तियाकलाई श्रीनगर ल्याइएको छ, उनी फरीदाबादमा अल फलाह विश्वविद्यालय परिसरमा भाडाको घरमा बसिरहेका थिए। अधिकारीहरूका अनुसार, उनको घरबाट पुलिसले २,५०० किलोभन्दा बढी अमोनियम नाइट्रेट, पोटासियम क्लोरेट तथा सल्फर बरामद गरेको थियो। उनी यस मामिलामा पुलिसले पक्राउ गरेको नवौं व्यक्ति हुन्।

पुलिसका अनुसार, १० नोभेम्बरमा हरियाणा तथा उत्तर प्रदेशमा आफ्ना समकक्षीहरूसँग मिलेर प्रतिबन्धित जैश-ए-मोहम्मद (जेईएम) र अंसार गजवत-उल-हिन्दको सफेदपोश आतङ्की नेटवर्कको पर्दाफास गर्न अन्तरराज्यीय छापामारी गरिएको थियो।

विस्फोटक सामग्री डा. मुजम्मिल गनई 'मुसैब' तथा डा. उमर नबीले आफ्नो भाडाको घरमा राखेका थिए। डा. नबी नै सो कार चालक थिए, जसले सोमबार साँझ लाल किल्ला बाहिर विस्फोट गराएको थियो र जसमा १२ जनाको मृत्यु भएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande