
कुलगाम, १२ नोभेम्बर (हि.स.)। प्रतिबन्धित संगठन जमात-ए-इस्लामी (जेईआई) विरुद्ध ठूलो कारबाही गर्दै पुलिसले बुधबार कुलगाम जिल्लाका २०० भन्दा बढी स्थानमा छापा मारेको छ।
एक पुलिस अधिकारीका अनुसार, आतङ्कवादी सञ्जाल र तल्लो तहमा यसको समर्थन संरचना समाप्त गर्ने निरन्तर प्रयास अन्तर्गत जेईआईका सदस्य र तिनीहरूका सहयोगीहरूको घर र परिसरमा खोजतलास गरिएको हो। पछिल्ला चार दिनको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ओजीडब्ल्यू, जेकेएनओपीएस, अघिल्ला भिडन्त भएका स्थानहरू र सक्रिय/मारिएका आतङ्कवादीहरूको ठेगानामा ४०० भन्दा बढी घेराबन्दी र खोज अभियान सञ्चालन गरिएको छ।
यी अभियन्ताहरुका कारण जेकेएनओपीएस र अन्य निषेधित संगठनहरूसँग सम्बन्धित झण्डै ५०० जनासँग सोधपुछ गरिएको छ, जसमा धेरैलाई निवारक कानुन अन्तर्गत जिल्ला जेल मट्टन, अनन्तनागमा सारिएको छ।
छापा मार्ने क्रममा आपत्तिजनक सामग्री र डिजिटल उपकरण बरामद गरिएको छ र थुप्रै जमात-ए-इस्लामी सदस्यहरूसँग सोधपुछ गरिएको छ। आतङ्कवादलाई सहयोग पुर्याउने सञ्जाल पत्ता लगाउने र नष्ट गर्ने उद्देश्यले जमात-ए-इस्लामीका सदस्यहरूलाई हिरासतमा लिइएको हो।
अधिकारीका अनुसार, कुलगाम पुलिस आतङ्कवाद र यसको सञ्जालप्रति शून्य सहिष्णुता नीतिमा अडिग छ र जिल्लामा शान्ति र सार्वजनिक व्यवस्था भंग गर्न कुनै तत्वलाई अनुमति नदिने सुनिश्चित गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी