
खरसाङ, 12 नोभेम्बर (हि.स.)। तीनधारेको मिठाईडाँडास्थित पद्यमा छोइलिङ गुम्बामा तीन दिवसीय ल्हाबाब दुछेन पूजा सम्पन्न भएको छ। उक्त तीन दिवसीय पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा गत 9 देखि 11 नोभेम्बरसम्म आयोजना गरिएको थियो। यस तीन दिवसीय पूजामा पद्मा छोईलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रीनद्वारा पूजा गरिएको थियो।
पूजाको अन्तिम दिन 11 नोभेम्बरमा जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङडोल उपस्थित भएर वाङ वितरण गरिएको गुरु मैत्री संघ तीनधारेका सचिव साङ्गे योञ्जनले बताएका छन्। उनले भने, गुरु मैत्री संघ तीनधारेको स्थापना सन् 2003 मा भएको थियो। आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हाबाब दुछेन पूजाको आयोजना गर्दै आइरहेको छ। उनले तीन दिवसीय ल्हाबाब दुछेन पूजामा उपस्थित बौद्ध धर्म गुरु लामाहरु र भक्तजन सबैलाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक