घर नजिक जलेको अवस्थामा भेटियो बुजुर्गको शव
घर नजिक जलेको अवस्थामा भेटियो बुजुर्गको शव


शाहजहापुर, 12 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा शाहजहांपुर जिल्लाको कांट थानाक्षेत्रमा बुधवार बिहान एक वृद्धको जलेको शव उसको घऱ नजिक फेला पऱ्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस र फोरेन्सिक टीमले घटनास्थलको जाँच गरी साक्ष्य जुटायो।

कांट थाना प्रभारी राकेश कुमार मौर्याले बताए, गाउँ पटियारी निवासी दयाराम (70) को शव बुधवार उनकै घर नजिक जलेको अवस्था फेला परेको छ। छोरा सुशील कुमारले बताए, उनका पिता दयारामको मानसिक स्थिति केही ठीक थिएन। गए राति उनले आगो लगाएर आफ्नो ज्यान दिए।

प्रभारी निरीक्षकले बताए, शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ। परिजन र गाउँलेहरूसित घटनाबारे सोधपुछ भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande