
जलपाइगढी, 12 नोभेम्बर (हि. स)। भोर बिहान भयानक आगो लागेर कार मरम्मत गर्ने दोकान जलेर खरानी भएको छ। घटना फूलबाड़ी बाइपास संलग्न क्षेत्रमा घटेको हो।भनिन्छ, स्थानीय मानिसहरूले बिहान राष्ट्रिय राजमार्ग नजिक दोकानबाट कालो धुँवा निक्लिरहेको देखे। स्थानीय मानिसहरूले आगोलाई निभाउने पूर्ण प्रयास गर्न थाले। यसै अवधि पुलिस र दमकल विभागलाई घटनाको जानकारी दिइयो। सूचना पाएर फूलबाड़ीबाट एउटा दमकलो इञ्जिन घटनास्थलमा पुग्यो अनि आगोलाई निभाउन जुट्यो। तथापि त्यसबेलासम्ममा दोकान पूर्ण रूपले जलेर खरानीमा परिणत भइसकेको थियो। घटनामा लाखौं रुपियाँको नोक्सान भएको अनुमान व्यक्त गरिएको छ। शुरूआती अनुमानमा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा