
कोलकाता, 12 नोभेम्बर (हि. स.)। कोलकाताको नागेर बजार फ्लाइओभरमा बुधवार भोर बिहान भएको सड़क दुर्घटनामा दुईजना युवकहरू गम्भीर रूपमा घाइते भए। दुवैलाई गम्भीर अवस्थामा आर.जी. कर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
स्थानीय सूत्र अनुसार दुवै युवक दमदमको मल रोड क्षेत्रदेखि मोटरसाइक मार्फत कोलकाता तर्फ गइरहेका थिए। नागेर बजार फ्लाइओभरस्थित एक मोड़मा बाइक चालकले नियन्त्रण गुमायो। त्यसपछि बाइक चिप्लियो जसले गर्दा एकजना युवक फ्लाइओभर मुनि झऱ्यो भने अर्को फ्लाइओभरमै उछिटिएर टाड़ा पुग्यो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई अस्पतालमा पठाइदियो। दुवैको स्थिति हाल गम्भीर रहेको बताइएको छ।
उल्लेखनीय छ, यसपूर्व वर्ष 2021-मा पनि यसै फ्लाइओभरमा यस्तै दुर्घटना भएको थियो जसमा गम्भीर रूपमा घाइते दम्पत्तिमध्ये महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यसरी बारम्बार भइरहेको दुर्घटनाहरूले सड़क सुरक्षामाथि फेरि एकपटक प्रश्न तेर्साएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा