
पश्चिम मेदिनीपुर, 12 नोभेम्बर (हि.स.)। जिल्लाको केशियाड़ी थाना क्षेत्रमा सम्बन्धलाई लज्जित बनाउने एक घटना अघि आएको छ, जहाँ एक नाबालिग केटीलाई उसकै छिमेकीले दुष्कर्मको शिकार बनायो। यस घटनापछि आहत पीड़िताले कीटनाशक खाएर आत्महत्या गर्ने प्रयास गरी। मंगलवार खड़गपुर अनुमण्डल अस्पतालमा उपचार भइऱहेको समय उसको मृत्यु भयो।
पुलिस सूत्रहरू अनुसार, आरोपी व्यक्तिले केशियाड़ी क्षेत्रमा चनाचूरको व्यापार गर्दछ। पीड़िता नाबालिग, जसले सानैदेखि आरोपीलाई पारिवारिक सम्बन्धी सरह हेर्नेगर्थी, प्रायः जसो उसको फ्याक्ट्रीमा जान्थिन्। अगस्त महिनाको अन्तिम साता आऱोपीले केटीलाई फ्याक्ट्री लैजाने बहानामा छेवैको जंगलमा लगेर उसित दुष्कर्म गरेको र कसैलाई यो कुरा बताए ज्यानले मार्ने धम्की दिएको आरोप छ। पछि पीड़िता (15) ले परिजनहरूलाई आफूसित भएको घटना सुनाई। परिवारले 09 सेप्टेम्बरमा केशियाड़ी थानामा आरोपी विरूद्ध लिखित शिकायत दर्ता गरायो। पुलिसले तत्काल कारबाही गर्दै भोली पल्ट नै आरोपीलाई पक्राउ गऱ्यो। केशियाड़ी थानाका प्रभारी विश्वजीत हालदारले पुष्टि गरेका छन् कि सुसंगत धाराहरूमा मामिला दर्ता गरी आरोपीलाई जेल पठाइएको छ र मामिलाको सघन जाँच जारी छ।
परिजनहरूले बताए, यस जघन्य घटना भएदेखिकै नाबालिग गहिरो सदमा र तनावमा थिई। लोकलाजको कारण कुनै व्यक्तिद्वारा अपमानजनक टिप्पणी गर्दा आहत भएर उसले 24 अक्टोबरमा घरमा राखेको कीटनाशक खाई। गम्भीर अवस्थामा उलाई पहिले केशियाड़ी ग्रामीण अस्पताल र फेरि खड़गपुर अनुमण्डल अस्पतालमा भर्ती गराइयो, जहाँ मंगलवार उपचारको 18 दिनपछि उसको मृत्यु भयो।
पीड़ित परिवारले यस मृत्युको निम्ति आरोपीलाई जिम्मेवार ठहर गर्दै उसको निम्ति कड़ाभन्दा कड़ा र त्वरित सजायको माग गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी