सिलगढ़ीमा बिप्लव देवले पार्टी नेताहरूसित गरे बैठक
सिलगढ़ीमा बिप्लव देवले पार्टी नेताहरूसित गरे बैठक


सिलगढ़ी, 14 नोभेम्बर (हि.स)। त्रिपुराका पूर्व मुख्यमन्त्री औ सांसद बिप्लव देव राज्य भाजपाको सहचुनाउ पर्यवेक्षकको रूपमा मैदानमा उत्रेका छन्। शुक्रवार उनले सिलगढ़ी महकुमाको नक्सलबाड़ीको मध्य कोटियाजोतमा पार्टी कार्यकर्ताहरूसित बैठक गरे। यस बैठकमा सांसद राजू बिष्ट, विधायक आनन्दमय बर्मन, जिल्ला चुनाउ पर्यवेक्षक बापी गोस्वामी, जिल्ला अध्यक्ष अरुण मण्डल सहित अन्य नेताहरू उपस्थित थिए। बैठकमा बूथ र संगठनात्मक सुदृढ़ीकरणलाई लिएर चर्चा गरियो।

यस अवसरमा सांसद बिप्लव देवले भने, यहाँका जनता बंगाललाई फेरि स्थापित गर्न चाहन्छन्। यो भाजपाको चुनाउ होइन, आम जनताको मुक्तिको चुनाउ हो। यहाँकी मुख्यमन्त्रीलाई बंगालको कुनै जिम्मेवारी वा चिन्ता छैन। बिहार चुनाउमाथि बोल्दै बिप्लव देवले भने, एसआईआरको विरोध गरे पनि एनडीएले भारी बहुमतको साथमा जीत हासिल गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande