अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु बागडुग्रा विमानस्थलमा आइपुगे
Pema khandu at airport


सिलगढ़ी, 14 नोभेम्बर (हि.स.)।

अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु शुक्रवार बिहान बागडोग्रा विमानस्थलमा आइपुगेका छन्। उनी सिक्किमको राजधानी गान्तोकमा आयोजना हुने १३औं अन्तरराष्ट्रिय पर्यटन मार्ट २०२५ मा सहभागी हुन यहाँबाट सिक्किम जानेछन्।

विमानस्थलमा उनको स्वागत गृह विभाग, सिक्किम सरकारकी संयुक्त सचिव तथा प्रोटोकल अफिसर शर्मिष्टा प्रधानलगायत सिलगढ़ी पर्यटन सूचना केन्द्रका अधिकारीले गरे।

यसैगरी, आज बिहान भारत सरकारको पर्यटन मन्त्रालयकी सचिव वी. विद्यावथी पनि अन्तरराष्ट्रिय पर्यटन मार्टमा भाग लिन बागडुग्रा विमानस्थलमा आइपुगेकी छन्।

अन्तरराष्ट्रिय पर्यटन मार्ट २०२५ सिक्किमको ५० औं राज्य स्थापना वर्षको अवसरमा आयोजना भइरहेको छ र यसले क्षेत्रको पर्यटन सम्भावनाको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande