
कोलकाता, 14 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजद)- को व्यापक बढ़तले पश्चिम बंगाल भाजपालाई आगामी वर्ष 2026-को विधानसभा चुनाउपूर्व नयाँ ऊर्जा थपिदिएको छ। बंगालका पार्टी नेताहरूको भनाइ छ, बिहारको जनादेशले पश्चिम बंगालबाट तृणमूल कंग्रेसलाई सत्ताच्युत पार्ने उनीहरूको आत्मविश्वास अझ बढ़ेको छ।
बिहारमा परिणाम स्पष्ट हुनसाथ विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भने, यदि भारतीय चुनाउ आयोग (ईसीआई)-ले पश्चिम बंगालमा पनि त्यति नै पारदर्शी अनि निष्पक्ष चुनाउ गराए जसले हालैमा बिहारमा यसरी नै चुनाउ सम्पन्न गरायो, तृणमूल कंग्रेसको 15 वर्षीय शासनको अन्त निश्चित छ। उनले भने, बिहारका जनताले विकास, स्थिर कानून व्यवस्था, महिलाहरूको सुरक्षा एवं श्रेष्ठ शासनको पक्षमा मतदान गरे भने अब बंगालका मानिसहरूले “भ्रष्टाचार, महिलाविरूद्ध बढ़्दो अपराध तथा ध्वस्त भइसकेको कानून-व्यवस्था”-को विरोधमा भोट गर्नेछन्।
भाजपा विधायकले भने, बिहारमा जस्तै बंगालमा पनि चुनाउपूर्व विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया भइरहेको छ। यस प्रक्रिया पश्चात केही “अवैध बंगलादेशी र रोहिंग्या मतदाताहरू”- को नाम मतदाता सूचीबाट हटाइनेछ जसबाट तृणमूल कंग्रेस पहिलाभन्दा बढ़ी छटपटाइरहेको छ।
भाजपाका राज्य महासचिव औ पत्रकारदेखि नेता बनेका जगन्नाथ चट्टोपाध्यायले भने, पार्टीले वर्ष 2024-मा ओडिशा र 2025-मा बिहारमा जीत हासिल गरेपछि अब आगामी वर्ष 2026-मा पश्चिम बंगाललाई आफ्नो लक्ष्य तय गरेको छ। उनले भने, “अब फर्किनै कुनै बाटो रहेन।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा