
नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। केन्द्रिय जॉंच ब्यूरो (सीबीआई) ले दिल्लीस्थित भारत पर्यटन विकास निगम (आईटीडीसी) को अभियान्त्रिकी एवं वरिष्ठ प्रबन्धक दिनेश महाजन र सहायक प्रबन्धक सतीश कुमारलाई घुसखोरीको आरोपमा पक्राउ गरेको छ।
सीबीआईका अनुसार, पक्रा परेका अधिकारीहरूमाथि बाँकी बिलहरू भुक्तानी गराउन ₹४०,००० घुस लिएको आरोप छ। यस सम्बन्धमा 12 नोभेम्बरमा मुद्दा दर्ता भएको र शिकायतमा सहायक प्रबन्धकले बाँकी बिलहरू भुक्तानी गराउन एक लाख रूपियॉं घुस मागेको थियो। वार्तापछि, अधिकारीसॅंग ₹४०,००० मा सम्झौता भयो।
सीबीआईले त्यही दिन जाल बिछ्यायो र दुवै आरोपीहरूलाई घुस लिॅंदै गर्दा पक्राउ गऱ्यो। आरोपीहरू विरुद्ध जॉंच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी