भिड़न्तमा 15 हजारको ईनामी ग्याङ्ग्स्टर पक्राउ
भिड़न्तमा 15 हजारको ईनामी ग्याङ्ग्स्टर पक्राउ


फिरोजाबाद, 14 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको फिरोजाबादमा थाना उत्तर पुलिस टीमले ग्याङ्ग्स्टर एक्टको 15 हजार रूपियाँ इनामी वाञ्छित एक अभियुक्तलाई भिड़न्तमा पक्राउ गरेको छ। पुलिसले खुट्टामा गोली लाग्दा घाइते अभियुक्तलाई उपचारको निम्ति जिल्ला अस्पतालमा भर्ती गराएको छ।

अपर पुलिस अधीक्षक नगर रवि शंकर प्रसादले बताए, थाना उत्तर प्रभारी संजुल कुमार पाण्डेय पुलिस टीमको साथ बिहिवार अबेर राति क्षेत्रमा पेट्रोलिङमा थियो तब सूचना पाइयो कि नगला पान सहायका जंगलहरूमा एक संदिग्ध व्यक्ति लुकेको छ। पुलिस टीमले घेराबन्दी गर्दा संदिग्ध व्यक्तिले पुलिस पार्टीमाथि गोलीबारी शुरू गऱ्यो। पुलिसको जवाबी कारबाहीमा संदिग्ध व्यक्तिको खुट्टामा गोली लाग्यो, जसमा उ घाइते भयो। घाइते अभियुक्तको पहिचान विशाल पुत्र अनिल निवासी कौसल्या नगर थाना उत्तरको रूपमा भएको छ। अभियुक्तदेखि 01 पेस्तोल 315 बोर, 01 खोखा कारतूस 315 बोर र जिउँदो कारतूस 315 बोर, 01 चोरीको मोटरसाईकल जफत भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande