मुख्यमन्त्री तामाङले बिहार चुनाउमा जितको लागि एनडीए र नीतिश कुमारलाई बधाई दिए
ps tamang


गान्तोक, 14 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहार विधानसभा चुनाउमा निर्णायक र प्रेरणादायी विजय हासिल गरेकोमा एनडीए, मुख्यमन्त्री नीतिश कुमार, उपमुख्यमन्त्री सम्राट चौधरी र सम्पूर्ण टोलीलाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यो जनादेशले प्रधानमन्त्री नरेन्द्र मोदीको परिवर्तनकारी नेतृत्व र दूरदर्शी मार्गदर्शनलाई प्रतिबिम्बित गर्दछ, जसको सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास को सिद्धान्तले देशभर समावेशी विकास र सामूहिक प्रगतिलाई निरन्तर अगाडि बढाइरहेको बताएका छन्।

उनले हामी गृहमन्त्री अमित शाहको रणनीतिक नेतृत्व र अटल प्रतिबद्धताको पनि गहिरो कदर गर्छौं, जसले गठबन्धनलाई अझ बलियो र ऊर्जावान बनाएको छ भनेका छन्। मुख्यमन्त्रीले एनडीए नेतृत्व र बिहारका जनतालाई निरन्तर सफलता र विकास, सद्भाव र प्रगतिले भरिएको भविष्यको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande