
चण्डीगढ़, 14 नोभेम्बर (हि.स.)। देशभरका जेलहरूमा रहेका सिख बन्दीहरूको रिहाइको माग गर्दै चण्डीगढ़-पञ्जाब सीमामा विरोध प्रदर्शन गरिरहेका कौमी इन्साफ मोर्चा र किसान संगठनहरूले दिल्लीसम्म मार्च गर्ने घोषणा गरेसँगै शम्भु बर्डर फेरि एक पटक सिल गरिएको छ। हरियाणा र पञ्जाब पुलिसले लगभग छ महिनापछि शुक्रबार फेरि शम्भु बर्डनको मोर्चा सम्हालेका छन्।
पञ्जाबका विभिन्न जिल्लाका कौमी इन्साफ मोर्चा र किसान संगठनका नेताहरू शम्भु बर्डरमा भेला हुन थालेका छन्। किसान संघका नेता सरवन सिंह पन्धेरले कौमी इन्साफ मोर्चाले दिल्लीसम्म मार्च गर्ने योजना बनाएको बताए। किसान संगठनहरूले यो मार्चलाई समर्थन गर्ने निर्णय गरेका छन्। उनले भने, मार्च निर्धारित समय अनुसार शम्भु बर्डरबाट दिल्लीको लागि प्रस्थान गर्नेछ।
यसैबीच, किसानहरूको घोषणापछि पञ्जाब र हरियाणा पुलिस सतर्क गराइएको छ। हरियाणा पुलिसले शुक्रबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म राजपुरा-अम्बाला राजमार्गमा यातायात बन्द गरेको छ। दिल्लीबाट राजपुरा, पटियाला, लुधियाना, जालन्धर, अमृतसर आदि जाने सवारी साधनहरू जग्गी सिटी सेन्टरको अगाडि अम्बाला-चण्डीगढ रोडको बायाँ तर्फ लालडू हुँदै पटियाला, लुधियाना, जालन्धर र अमृतसर जान सक्छन्।
यसरी नै १५२-डी, हिसार, कैथल, अम्बाला र शम्भु बोर्डरबाट पञ्जाब जाने सवारी साधनहरू चण्डीगढ़ हुँदै लालडू, राजपुरा, पटियाला, लुधियाना, जालन्धर र अमृतसर जान सक्छन्। चालकहरूले बन्द सड़कहरू बाइपास गरेर वैकल्पिक मार्गहरू प्रयोग गर्न सक्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी