बिहारको जीतले बंगालको राजनीति तातियो, शुभेन्दु र अग्निमित्राले दिए शुभकामना
बिहारको जीतले बंगालको राजनीति तातियो, शुभेन्दु र अग्निमित्राले दिए शुभकामना


कोलकाता, 14 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउमा एनडीएको प्रचण्ड जीत पश्चात पश्चिम बंगाल विधानसभाका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यस जनादेशलाई “गणतन्त्र एवं विकासको एक ऐतिहासिक क्षण” बताउँदै जनतालाई धन्यवाद दिए। शुक्रवार पोस्ट गरेका आफ्नो एक्स सन्देशमा उनले लेखे, “बिहारका जनताले स्पष्ट जनादेश दिएका छन् साथै राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई अभूतपूर्व समर्थन प्रदान गरेका छन्।”

शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष बधाई दिँदै लेखे, यो जीत प्रधानमन्त्रीको “अतुलनीय औ दूरदर्शी नेतृत्व”- को प्रमाण हो। उनले भने, कल्याणकारी योजना, बुनियादी ढाँचा तथा विशेष रूपमा महिलाहरूको सशक्तिकरणमाथि केन्द्रित एनडीएका नीतिहरूले चुनाउमा निर्णायक भूमिका खेल्यो।

उनले केन्द्रिय गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री नीतीश कुमार, पूर्व उपमुख्यमन्त्री सम्राट चौधरी औ विजय कुमार सिन्हा तथा भाजपा बिहार एकाईका अध्यक्ष डा. दिलीप जायसवाललाई पनि शुभकामना दिए। उनले लेखे, ‘सबैको साथ, सबैको विकास’- को मन्त्रले बिहारको उज्ज्वल भविष्यलाई मजबुत दिशा दिनेछ। आफ्नो सन्देशमा शुभेन्दु अधिकारीले राष्ट्रिय औ प्रदेश भाजपाको एक्स पोस्टको पनि उल्लेख गरेका छन्।

अर्कोतिर भाजपा नेत्री अग्निमित्रा पालले पनि बिहारको चुनावी सफलताको श्रेय एसआईआर प्रक्रियाको “सफल र पारदर्शी” संचालनलाई दिएकी छन्। शुक्रवार आफ्नो एक्स पोस्टमा उनले लेखिन्, “बिहारमा एसआईआर प्रक्रियाको सफल कार्यान्वयनले सारा देशलाई देखाइदियो कि चुनाउ कति पारदर्शी र निष्पक्ष हुनसक्छ।”

उनले भनिन्, बिहारका जनताले एक पटक फेरि भाजपामाथि विश्वास गरेका छन्। उनी अनुसार “वास्तविक विकासको लागि बिहारले दोहोरो इञ्जिनको सरकारलाई चुनेर सही निर्णय लिएको छ।” अग्निमित्राले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई “देशको प्रगति अनुरूप राज्यलाई अगाड़ि बढ़ाउने शक्ति” बताउँदै भनिन्, “धन्यवाद, बिहार!”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande