बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा काङ्युर पूजा शुरु
Baghmara gumpa


खरसाङ, 2 नोभेम्बर (हि.स.)। तीनधारे महानदी समष्टिस्थित सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङ्युर पूजा आज, आइतवारदेखि शुरु भएको छ। उक्त काङयुर पूजा आज 2 नोभेम्बरदेखि आगामी 11 नोभेम्बरसम्म चल्ने भएको छ। झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सञ्चालन कमिटीको आयोजनामा आयोजित काङ्युर पूजा बौद्ध धर्ममा गरिने पूजाहरुमा एक हो। उक्त काङ्युर पूजा आयोजना गरिनुको मुख्य उद्देश्य सर्वजगतका प्राणीहरूको हितार्थ साथै जनकल्याणको लागि रहेको बताइएको छ‌।

यस काङ्युर पूजा अन्तर्गत 10 र 11 नोभेम्बरको दिन झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाका प्रमुख लामा स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) को निधनपछि अम्बर लामालाई प्रमुख लामा बनाइएको तथा उनको र रिम्पोर्छेको बाहुलीबाट आशीर्वचन प्रदान गरिने भएको छ। यस पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको पूजा आयोजक समितिका संयोजक रञ्जन तामाङले बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको आयोजना 2 नोभेम्बरदेखि 11 नोभेम्बरसम्म क्याङ्युर पूजा आयोजना गरिएको जानकारी गराए।

उनले उक्त काङ्युर पूजा आयोजना गरिनुको मुख्य उद्देश्य सर्वजगतको प्राणीहरूको हितार्थ साथै जनकल्याणको लागि रहेको बताए। उनले यस पूजामा सबैको सहभागिताको आशा रहेको पनि बताएका छन्‌।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande