
सोनादा, 2 नोभेम्बर (हि.स.)। सोनादादेखि मुनि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर पचेङ हुँदै ओह्रालो मुण्डा, सिडर्स, रंगमुक जाने रोड हालमा अत्यन्तै जीर्णावस्थामा पुगेको छ। उक्त रोड विकल्प रोडको रूपमा सोनादाको पेट्रोल पम्प भएर ओह्रालो भालुटार, मिलिङ बस्ती हुँदै नाली चउर निस्कने रोड थियो।
यस रोड भएर स साना गाडीहरू कुद्ने गरेको थियो। तर, उक्त रोड मिलिङ बस्ती नजिक खोङखोलामा पुल भत्केकाले गर्दा यो रोड पनि पूर्ण रुपमा बन्द रहेको छ। यस कारण क्षेत्रका साधारण जनतालाई धेरै असुविधा भइरहेको बताइएको छ।
सडक मार्गको दुरावास्थाका कारण गाडीहरु आवात जावतमा धेरै असुविधा भइरहेको बताइएको छ। यस रोडको मरमत्तिको लागि जनसाधारणले सम्बन्धित विभागमा अपील गरेका छन्। जनसाधारणले यो रोड चाँडो सुचारू गर्न भत्केको पूल मरमत्ति गरिदिन निवेदन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक