प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न
Bgpm


सोनादा, 2 नोभेम्बर (हि.स.)। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा आज एल्जिन ब्राह्मणको अध्यक्षतामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा विशेष खरसाङ शहरी क्षेत्रहरुमा बढ्दो प्रवासी श्रमिकहरुको आगमनले स्थानीय श्रमिकहरुको राेजगारमा धेरै समस्या भइरहेकाे गुनासोहरु विषयमा चर्चा परिचर्चा गरियो।

समितिले भनेको छ, यहॉं पनि धेरै ख्यातिप्राप्त कामदारहरु छन्, उनीहरुलाई सही प्रक्रियामा राेजगार दिनुपर्ने हिसाबले समिति लागिपरेका छ। यस समस्यालाई केही हदसम्म समाधान गर्न संगठनले टाउन कमिटी गठन गर्ने सभामा पारित गरेको छ। कमिटी गठन गर्न संगठनका वरिष्ठ सदस्य प्रसाद सुन्दासलाई संयाेजक नियुक्त गरिएको छ।‌ अबकाे एक महिनामा खरसाङ नगरपालिकाका 1 देखि 20 नम्बर वार्डका श्रमिकहरुलाई लिएर सभाकाे आयाेजना गरिने छ।

प्रवासी श्रमिकहरुले पनि यस सांगठनिक विषयमा सहयाेग गर्नुपर्ने बताइएको छ। क्षेत्रीय श्रमिक संगठनमा उनीहरुकाे सहभागितामाथि जोड दिइएको छ। सभामा संगठनका अध्यक्ष एल्जिन ब्राह्मण, उप सभापति प्रभाकर राेका, शैलेन्द्र गुरुङ सह सचिव विकास सार्की सांगठनिक सचिव सन्दीप बालकाेठी, नव नियुक्त संयाेजक प्रसाद सुन्दास साथै सदस्यहरु उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande