महाराष्ट्रको सतारा जिल्लामा डाक्टर आत्महत्या मामिलाको जाँचको निम्ति एसआईटी गठन
महाराष्ट्रको सतारा जिल्लामा डाक्टर आत्महत्या मामिलाको जाँचको निम्ति एसआईटी गठन


मुम्बई, 02 नोभेम्बर (हि.स.)। महाराष्ट्रको सतारा जिल्लाको फलटण उपजिल्ला अस्पतालको महिला डाक्टरको आत्महत्या मामिलाको जाँचको निम्ति विशेष जाँच दल (एसआईटी) गठित गरिने निर्णय लिइएको छ। यस निर्णय अन्तर्गत आईपीएस अधिकारी तेजस्वी सातपुतेले यस एसआईटी टीमको अध्यक्षता गर्नेछिन्।

गृह विभागको सूत्रहरू अनुसार, फलटण डा. आत्महत्या मामिलामा भइरहेको जाँचमाथि औंला उठाइँदैछ, यसैले शनिवार अबेर राति यस मामिलाको एसआईटी जाँचको निर्णय लिइएको छ। साथै एसआईटीलाई यस मामिलामा तुरन्तै जाँच शुरू गर्ने आदेश पनि दिइएको छ। तेजस्वी सातपुते 2012 ब्याचको आईपीएस अधिकारी हुन् र सतारा र सोलापुर जिल्लाहरूमा पुलिस अधीक्षकको रूपमा काम गरिसकेकी छन्।

उल्लेख्य, सतारा जिल्लाको फलटणको उप-जिल्ला अस्पतालमा कार्यरत एक महिला डाक्टरले 23 अक्टोबरमा आत्महत्या गरेकी थिइन्। त्यस समय थाहा लागेको थियो कि उनले आफ्नो हातले एक सुसाइड नोट लेखेकी थिइन्। यसमा पुलिस सब-इन्स्पेक्टर गोपाल बदने र प्रशान्त बनकरमाथि आरोप लगाइएको थियो। पुलिसले दुवैलाई पक्राउ गरेको छ र दुवै आऱोपी अहिले न्यायिक कस्टडीमा छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande