
काठमाण्डू, ५ दिसम्बर (हि.स.)। नेपालमा आगामी वर्ष मार्चमा हुन लागेको संसदीय चुनाउको मात्र ९० दिन बाँकी रहेको छ भने निर्वाचन तयारी तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगले आफ्ना गतिविधि थप सशक्त बनाएको छ भने राजनीतिक दलहरूले पनि आन्तरिक कार्ययोजना सक्रिय रूपमा अघि बढाएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, आयोगले दिसम्बर ६ बाट समानुपातिक निर्वाचन प्रणाली कार्यक्रम लागू गर्न लागेको छ। तय गरिएको कार्यक्रम अनुसार राजनीतिक दलहरूले दिसम्बर ७ मा बिहान १० बजीदेखि बेलुका ४ बजीसम्म समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी आफ्ना आवेदन बुझाउनु पर्नेछ। आवेदन दिने दलहरूको सूची दिसम्बर १० मा प्रकाशित गरिनेछ।
आवेदन स्वीकृत दलहरूले दिसम्बर २८ र २९ मा बिहान १० बजीदेखि बेलुका ४ बजीसम्म आफ्नो बन्द सूची बुझाउन सक्नेछन्। समानुपातिक प्रतिनिधित्व अन्तर्गतको अन्तिम सूची फरवरी १३ मा प्रकाशित गरिनेछ।
प्रत्यक्ष निर्वाचन कार्यक्रम अन्तर्गत जनवरी २० मा उम्मेदवार मनोनयन दर्ता हुने र सोही दिन नामावली प्रकाशित गरिने छ। जनवरी २१ मा नामांकनविरुद्धको उजुरी दर्ता गर्न सकिनेछ। जनवरी २२ मा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित हुनेछ। जनवरी २३ मा उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने र त्यसपछि अन्तिम सूची तथा निर्वाचन चिह्न तोकिँनेछ।
चुनाउ प्रचार–प्रसारका लागि मार्च ३ सम्म समय दिइएको छ। मार्च ३ को साँझ ५ बजीदेखि मौन अवधि शुरु हुनेछ। मार्च ५ का बिहान ७ बजीदेखि साँझ ७ बजेसम्म मतदान गराइनेछ।
निर्वाचन आयोगका अनुसार, मतदान सम्पन्न भएपछि सबै मतपेटिकाहरू सम्बन्धित जिल्लाका मुख्यालयस्थित मतगणना केन्द्रमा एकत्रित गरिनेछन् र त्यसपछि तुरुन्तै मतगणना शुरु गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल