इन्डिगोलाई प्रभावित यात्रुहरूको पैसा फिर्ता गर्ने आदेश
विमान


नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। इन्डिगो उड़ानहरू रोकिँदा यात्रुहरूलाई परेको असुविधा र रिफण्डमा ढिलाई भएको मध्यनजर नागरिक उड्डयन मन्त्रालयले शनिवार कड़ा अडान लिएको छ र एयरलाइन्सलाई तुरुन्तै य़ात्रुहरूको पैसा फिर्ता गर्ने आदेश दिएको छ।

मन्त्रालयले आइतवार राति 8 बजीसम्ममा सबै रद्द गरिएका वा स्थगित उड़ानहरूको रिफण्ड प्रक्रिया पूरा गर्नुपर्ने आदेश दिएको छ। एयरलाइनले अब ती यात्रीहरूबाट पुनः कुनै बुकिङको शुल्क लिनेछैन, जसको यात्रा योजना रद्द हुँदा प्रभावित भएको छ। मन्त्रालयले चेतावनी दिएको छ कि पैसा फिर्ता गर्नमा कुनैपनि ढिलाई वा नियमहरूको उल्लङ्घन भएमा तुरुन्तै कानूनी र नियामक कारबाही हुनेछ।

मन्त्रालय अनुसार, इन्डिगोलाई यात्रुहरूको गुनासो तुरुन्तै सम्बोधन गर्न एक समर्पित विशेष सहायता र रिफण्ड सुविधा सेल स्थापना गर्न आदेश दिइएको छ। यो सेलले प्रभावित यात्रुहरूलाई आफै सम्पर्क गर्नेछ र बारम्बार फलोअप बिना रिफन्ड वा वैकल्पिक यात्रा व्यवस्था सुनिश्चित गर्नेछ। अपरेशन सामान्य नभएसम्म अटोमेटिक रिफण्ड सिस्टम चालू रहनेछ।

मन्त्रालयले इण्डिगोलाई भनेको छ, रद्द वा ढिलाइका कारण यात्रुहरूले हराएको सबै समानहरूको पत्तो लगाइयोस् र आगामी 48 घण्टाभित्र उनीहरूको घरको ठेगानामा डिलीवर गरियोस्। आवश्यक परेमा एयरलाइन्सले वर्तमान नियमहरू अन्तर्गत यात्रुहरूलाई क्षतिपूर्ति पनि दिनुपर्नेछ।

मन्त्रालयको भनाई छ, मन्त्रालयले यस संकटको समयमा यात्रु अधिकारको पूर्ण सुरक्षा सुनिश्चित गरिरहेको छ। वरिष्ठ नागरिक, बिरामी, विद्यार्थीहरू र अति आवश्यक यात्रा गर्नेहरूलाई कुनै पनि असुविधाको सामना गर्नुनपरोस् यसको निम्ति निगरी अझ् सख्त गरिएको छ। छिटोभन्दा छिटो उड़ानहरूलाई पूर्ण रूपमा सामान्य गर्न मन्त्रालय प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande