टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित


गान्तोक, 6 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नाम्ची जिल्लाको एक बैठक आज जिल्ला पार्टी कार्यालयमा प्रदेश महासचिव अर्जुन राईको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रदेश उपाध्यक्ष अरुना मंगर, ओबीसी मोर्चा अध्यक्ष दिनेश राई, किसान मोर्चा कार्यकारी सदस्य नमो वाङचुक, जिल्ला महासचिव रोशन राई आदि उपस्थित रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

बैठक आयोजन गर्नु मुख्य विषय नाम्ची जिल्लाको नयॉं अध्यक्ष मनोनयन गर्नु रहेको थियो। बैठकमा टाशी डाडुल भोटियालाई सर्वसम्मतिद्वारा नयॉं जिल्ला अध्यक्ष निर्वाचित गरियो। उनले गत विधानसभा चुनाउ बर्फुङ निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवारको रूपमा चुनाउ लडेका थिए।

बैठकमा बीजेवाईएमका नवनियुक्त उपाध्यक्ष कुल प्रसाद छेत्रीलाई नयॉं जिम्मेवारीको लागि सम्मानित गरियो। बैठकलाई विभिन्न पदाधिकारीहरूले सम्बोधन गर्दै सांगठनिक चिन्ताहरू, वर्तमान चुनौतीहरू र आगामी नगरपालिका चुनाउको रणनीतिमाथि छलफल गरेका थिए।

प्रदेश महासचिव राईले जिल्ला पदाधिकारीहरू उठाएका चिन्ताहरूप्रति आफ्नो प्रतिक्रिया दिॅंदै पूर्ण समर्थनको आश्वासन दिए। उनले सकारात्मक दृष्टिकोणमाथि जोड दिॅंदै नाम्ची जिल्लाको सुदृढीकरणको लागि आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande