
मङपू, 6 दिसम्बर (हि.स.)। इन्डियन गोर्खा जनशक्ति फ्रण्ट मङपू लाब्दा समष्टि पार्टी कार्यालय आज इन्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट उद्घाटन गरिएको छ। यस अवसरमा समष्टि समितिका नौजना प्रतिनिधिहरूसँग पनि परिचय साटासाट गरिएको बताइएको छ।
कार्यक्रममा सरस्वती उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक साथै आईजीजेएफ संस्थापक सदस्य घनश्याम राईले आफ्नो वक्तव्य राख्दै पहाड़ तराई डुवर्सको उन्मुक्तिको अन्तिम आशा एकमात्र विकल्प आईजीजेएफ साथै अजय एडवर्डस रहेको दाबी गरे। आजको यस कार्यक्रममा समष्टिका सम्पूर्ण सदस्य साथै पदाधिकारिगणको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक