
नयाँ दिल्ली, 07 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्लीका स्कूलहरूमा एआई ग्राइण्ड इनिशिएटिभको शुभारम्भ गरिन्। मुख्यमन्त्रीले एक्स पोस्टमा बताइन्, आज सेन्ट्रल पार्कमा आयोजित यस उद्घाटन समारोहमा ग्रुप क्यापटन शुभांशु शुक्ला पनि उपस्थित थिए। उनले भनिन्, शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुग्ने पहिलो भारतीयको रूपमा युवाकहरूको लागि रोल मोडल हुन्।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आज एआई तकनिक तथा इनोभेशनको क्षेत्रमा वैश्विक मञ्चमा नयाँ पहिचान बनाइरहेको छ। तकनिक अब आम नागरिकहरूको पहुँचमा छ जसले युवाहरूको लागि अनन्त सम्भावनाहरूको द्वार खोलेको छ।
यसै भिजनबाट प्रेरित भएर दिल्ली सरकारले भारतको पहिलो सिटी-सेन्ट्रिक एआई-इञ्जन-दिल्ली एआई ग्राइण्ड प्रारम्भ गरेको छ। यसले दिल्लीका युवाहरूलाई वास्तविक समस्याहरूको एआई आधारित समाधान विकसित गर्नमा सक्षम बनाउनेछ। कक्षाहरू इनोभेशन प्रयोगशालामा परिणत हुनेछ, स्टुडेण्ट्स चेञ्जमेक बन्नेछन् अनि दिल्ली ज्ञान र एआई नवाचारको राजधानीको रूपमा उदाउनेछ। मुख्यमन्त्रीले सबै युवाहरूसित अपील गरेकी छन्, तपाईको कल्पनाले नै भोलिको दिल्ली गढ़िनेछ। यस अवसरमा क्याबिनेट सहयोगी आशिष सूद पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा