गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोटपछि आगलागी, २३ कर्मचारीको मृत्यु
Goa cylinder blast


पणजी, ०७ दिसम्बर (हि.स.)। उत्तर गोवाको अर्पोरामा गए राति एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवा पुलिस महानिदेशक आलोक कुमारका अनुसार, मृतक सबैजना क्लबका कर्मचारी रहेका छन्। आगलागी ग्यास सिलिन्डर विस्फोट भएपछि भएको बताइएको छ। हालसम्म २३ वटा शव बरामद गरिएको पुलिसले जानकारी दिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनाबारे जानकारी पाउने बित्तिकै उनीहरू घटनास्थल पुगेका थिए। लोबोका अनुसार, यस दुर्घटनामा अहिलेसम्म कुनै पनि पर्यटक हताहत भएको जानकारी प्राप्त भएको छैन। अधिकारीहरूले आगो नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि उद्धार तथा राहत कार्य तुरुन्त शुरू गरेको जनाएका छन्।

मुख्यमन्त्री प्रमोद सावन्तले दुर्घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनका अनुसार, यो घटना गोवा जस्तो पर्यटनमुखी राज्यका लागि अत्यन्त दुर्भाग्यपूर्ण हो। नियमको अवहेलना गर्दै अवैध रूपमा यस्तो संस्थान सञ्चालन गर्नेहरूकै कारण २३ जनाको ज्यान गएको उनले बताएका छन्। सरकारले घटनाको विस्तृत छानबिन गर्ने पनि मुख्यमन्त्रीले स्पष्ट पारे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande