
श्रीनगर, 7 दिसम्बर (हि.स.)। सशस्त्र सेना झण्डा दिवसको अवसरमा जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले देशका सैनिक तथा शहीदहरूप्रति आभार व्यक्त गरे साथै नागरिकहरूसित सेवारत कर्मी अनि उनीहरूका परिवारहरूको कल्याणको लागि सशस्त्र बल झण्डा दिवस कोषमा उदारतापूर्वक योगदान दिने आग्रह गरे।
एक्स पोस्टमा जम्मू-कश्मीरका उपराज्यपालको कार्यालयले सशस्त्र सेना झण्डा दिवसमा देशका सशस्त्र सेनाहरूको लागि हार्दिक प्रशंसा व्यक्त गऱ्यो। पोस्टमा लेखिएको छ, सशस्त्र सेना झण्डा दिवसमा म हाम्रा बहादुर सशस्त्र बलका कर्मीहरू तथा शहीदहरूलाई उनीहरूको सर्वोच्च बलिदान अनि राष्ट्र सेवाको लागि हार्दिक आभार व्यक्त गर्दछु। आउनुहोस्, हाम्रा बहादुर सैनिक अनि उनीहरूका परिवारहरूको कल्याण तथा सम्मानलाई सुनिश्चित गर्नको लागि सशस्त्र बल झण्डा दिवस कोषमा उदारपूर्वक दान गरून्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा