
नयाँ दिल्ली, 07 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार सशस्त्र बल झण्डा दिवसको अवसरमा देशका तीनै सेनाका वीन जवानहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरे। उनले भने, सशस्त्र बलहरूको अनुशासन, संकल्प र अदम्य साहसले देशलाई सुरक्षित राख्नका साथै नागरिकहरूको मनोबललाई पनि मजबूत बनाउँदछ।
प्रधानमन्त्रीले भने, सैनिकहरूको राष्ट्रप्रति निष्ठा, कर्तव्यबोध र समर्पण भावी पीढ़ीहरूका लागि प्रेरणास्रोत हो। उनले देशवासीहरूसित सशस्त्र बल झण्डा दिवस कोषमा धेरभन्दा धेरै योगदान दिने अपील पनि गरे।
प्रधानमन्त्रीले सोशल मीडिया प्लेटफार्म एक्समा भनेका छन्, सशस्त्र बल झण्डा दिवसमा हामी ती वीर पुरूषहरू र महिलाहरूप्रति गहिरो कृतज्ञता प्रकट गर्दछौं, जसले अटूट साहसको साथ देशको रक्षा गर्छन्। उनीहरूको अनुशासन, संकल्प र अदम्य भावना हाम्रो देश र नागरिकहरूको सुरक्षा कवच हो। उनीहरूको समर्पण कर्तव्य, अनुशासन र राष्ट्रभक्तिको सशक्त उदाहरण हो। आउनुहोस्, हामी सबै सशस्त्र बल झण्डा दिवस कोषमा योगदान गरौं।
हिन्दुस्थान समाचार / भवानी थामी