
पश्चिम मेदिनीपुर, 7 दिसम्बर (हि.स.)। प्रशासनले बारम्बार चेताउनी दिरहेको भए पनि पराल जलाउने प्रवृत्ति रोकिएको छैन। दाँतन दुई ब्लकको साउरी पञ्चायत अन्तर्गत लालपुर क्षेत्रमा परालबाट लागेको आगोले एकजना किसानको वर्षभरिको मिहेनत क्षणभरमै खरानीमा परिणत भयो। आगोको चपेटमा परी 15 बोरा धान जलेर पूर्ण रूपले नष्ट भयो।
स्थानीय निवासी परिमल पयडाले बताए, खेतमै धान झारेर बोरामा भरेर राखिएको थियो। यसबीच ककसैले वरपर परालमा आगो लगाइदियो। हावाले उड़ाएर ल्याएको झिल्का खेतमा पुग्यो अनि सम्पूर्ण फसललाई जलाइदियो। आइतवार बिहान यो दृश्य देखेर परिवारका सदस्यहरूको आँखामा आँशु आयो। परिवारको भनाइ छ, सालभरिको परिश्रम जलेर खरानी भयो। घटनाको कारणले परिवार अत्यन्त दुःखित हुनको साथै चोटिल पनि भएको छ।
प्रशासनको पक्षबाट पराल जलाउनमाथि रोक लगाइएको भए पनि तथा यस सम्बन्धमा लगातार जागरूकता अभियान संचालन गर्दै आइरहेको भए पनि यो प्रवृत्तिले घट्ने नाम लिएको छैन। पर्यावरण प्रदूषण तथा सरकारी निर्देशलाई अदेखा गर्दै यस्ता मामिलाहरूमा दिन-प्रतिदिन वृद्धि भइरहेको छ।
उल्लेखनीय छ, गत बुधवार पनि दाँतन दुई ब्लकको साबड़ा ग्राम पञ्चायत अन्तर्गत बागगेडिया क्षेत्रमा परालमा लागेको आगोले कैयौं बिघा खेतको फसललाई नोक्सान पुऱ्याएको थियो जसलाई परिश्रम गरेर पुलिस प्रशासनले नियन्त्रण गरेको थियो। यसै क्रममा बिहीवार पनि यस्तै घटना भएको थियो।
प्रशासनको भनाइ छ, मानिसहरूलाई लगातार जागरूक गरिरहेको भए पनि यस्ता घटनाहरू हुनु भनेको ठूलो चिन्ताको विषय हो। मामिलामा शीघ्र कारबाही गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा