कृषि ऋण गराउने नाममा घूस, ब्याङ्क म्यानेजर र कर्मचारी रेड ह्याण्डेड पक्राउ
सीबीआई


नयाँ दिल्ली, 07 दिसम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले उत्तर प्रदेशको आजमगढ़ जिल्लामा उत्तर प्रदेश ग्रामीण ब्याङ्कको दुर्वाशा शाखाको ब्राञ्च म्यानेजर र एक संविदा कर्मचारीलाई 20 हजार रूपियाँको घुस लिँदै गर्दा रेडह्याण्डेड पक्राउ गरेको छ।

दुवैमाथि किसान क्रेडिट कार्ड (केसीसी) ऋण स्वीकृत गर्न सट्टा घूस मागेको आरोप छ। पक्रा परेका अभियुक्तहरूको पहिचान श्रवण टन्डन (ब्राञ्च म्यानेजर) र विश्वराम (संविदा कर्मचारी) को रूपमा गरिएको छ। दुवै जना आजमगढ़स्थित उत्तर प्रदेश ग्रामीण ब्याङ्कको दुर्वाशा शाखामा तैनाथ थिए।

सीबीआई अनुसार, एजेन्सीले उजुरी पाएपछि 05 दिसम्बरमा मुद्दा दर्ता गरेको थियो। ब्याङ्कका अधिकारीले 2.52 लाख रूपियाँको केसीसी ऋणको लागि 10% को हिसाबले 25,000 रूपियाँ घुस मागिरहेको आरोप छ। वार्तापछि रकम घटाएर 20,000 रूपियाँ तय गरियो। त्यसपछि सीबीआईले 06 दिसम्बरमा जाल बिछ्यायो र उजुरीकर्ताबाट तय रकम लिएको समय दुवैलाई रेड ह्याण्डेड पक्राउ गऱ्यो।

सीबीआई अधिकारीहरू अनुसार, पक्रा परेपछि दुवै जनासँग सोधपुछ भइरहेको छ र अग्रिम कारबाही जारी छ। सीबीआई अधिकारीहरूले मुद्दाको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण जुटाइरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande