भाजपा नेता जितेन्द्र तिवारीले श्रमिकहरूको वेतन भुक्तानमा ढिल्याईलाई लिएर विधायक नरेन्द्र चक्रवर्तीलाई जिम्मेवार ठहराए
भाजपा नेता जितेन्द्र तिवारीले श्रमिकहरूको वेतन भुक्तानमा ढिल्याईलाई लिएर विधायक नरेन्द्र चक्रवर्तीलाई जिम्मेवार ठहराए


आसनसोल, 7 दिसम्बर (हि.स.)। भाजपा नेता तथा पाण्डवेश्वरका पूर्व विधायक जितेन्द्र तिवारीले पांडेश्वर विधानसभा क्षेत्र अन्तर्गत बंकोला, झांझरा, सोनपुर बाजारी, पाण्डवेश्वर, काजोडा परियोजनमाा कार्यरत श्रमिकहरूको वेतन भुक्तानमा भइरहेको विलम्बलाई लिएर स्थानीय विधायक नरेन्द्र चक्रवर्तीलाई लक्षित गरे। जितेन्द्र तिवारीले तृणमूल जिल्लाध्यक्ष तथा विधायक नरेन्द्र चक्रवर्तीमाथि गम्भीर आरोप लगाए। उनले सोशल मीडिया फेसबुका यसलाई साझा गर्दै भने, एजेन्ट कार्यालयमा कार्यरत अधिकारीहरूले कोइला माफिया तथा विधायक नरेन्द्र नाथ चक्रवर्तीसितको मिलोमतोमा अवैध कोइलाको कारबार चलाइरहेका छन्। यी कोलियरी क्षेत्रमा श्रमिकहरूद्वारा उत्पादित कोइलालाई विधायकले अधिकारीहरूको साँठगाँठमा बिक्री गरिदिएका छन्। त्यसैले उत्पादित कोइलाको अभावलाई पूरा गर्नको लागि अधिकारीहरूले स्टोन डस्ट मिसाएर कोइला बिक्री गरेका छन्।

जितेन्द्र तिवारीले विधायक नरेन्द्र चक्रवर्तीमाथि आरोप लगाउँदै भने, यदि उनलाई चाँड़ै हटाइएन भने कोलियरीका श्रमिकहरूलाई वेतन पाउन गाह्रो पर्नेछ। उनले परमानेन्ट, कन्ट्र्याक्चुअल तथा ठेका श्रमिकहरूसि अनुरोध गरे, तपाईहरूले यसको विरोध खुल्ला रूपमा गर्न सक्नु हुन्छ वा आफ्नो समर्थन गोप्य ढंगमा पनि दिन सक्नु हुन्छ। तपाईहरूको सुरक्षाको ग्यारण्टी भाजपाले लिनेछ। सबैले एकजुट भएर यसको विरोधमा आन्दोलन गर्नुपर्छ। गोपनीय रूपमा समर्थन गर्ने श्रमिकहरूको पहिचान गोप्य राखिनेछ। कुनै पनि श्रमिकले कुनै पनि प्रकारको समस्याको सामना गर्नु पर्नेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande