पश्चिम बंगालका स्कूलहरूमा नयाँ नियुक्तिहरूको प्रक्रिया छिट्टै शुरू हुनेछ- डब्ल्यूबीएसएससी
पश्चिम बंगालका स्कूलहरूमा नयाँ नियुक्तिहरूको प्रक्रिया छिट्टै शुरू हुनेछ- डब्ल्यूबीएसएससी


कोलकाता, 13 मई (हि.स.)। पश्चिम बंगाल स्कूल सेवा आय़ोग (ड्ब्ल्यूबीएसएससी) ले छिट्टै नै राज्यको सहायता प्राप्त र सरकारी स्कूलहरूमा शिक्षकहरू र गैर-शिक्षण कर्मचारीहरूको नयाँ भर्तीको निम्ति अधिसूचना जारी गर्नेछ। यो फसेला सर्वोच्च न्यायालयको आदेशपछि लिइएको हो। 03 अप्रेलमा सर्वोच्च न्यायालयले

डब्ल्यूबीएसएससीद्वारा 2016 मा गरिएको 25 हजार 753 नियुक्तिलाई भ्रष्ट र त्रुटिपूर्ण ठहर गर्दै रद्द गरेको थियो। कोर्टले राज्य सरकारलाई 31 मईसम्म नयाँ भर्ती प्रक्रिया शुरू गर्ने र 31 दिसम्बरसम्म यसलाई पूरा गर्ने निर्देश दिएको थियो। साथै आयोग र राज्य सरकारले यस सम्बन्धमा हलफनामा दर्ता गरी उसले समय सीमाभित्र प्रक्रियाको शुरूआत गरेको बताउनुपर्नेछ।

डब्ल्यूबीएसएससीका एक वरिष्ठ अधिकारीले मंगलवार भने, स्कूल शिक्षा विभागले नयाँ भर्ती अधिसूचनाको प्रारूप तयार गरेको छ। अन्तिम अनुमोदन पाउनसाथ अधिसूचना जारी गरिनेछ। यो अब केवल केही दिनको कुरा हो।

आय़ोगका अध्यक्ष सिद्धार्थ मजूमदारले अगावै स्पष्ट गरिसकेका छन् कि भर्ती परीक्षा फेरि आय़ोजित गरिनेछ र 2016 मा परीक्षा दिइसकेका लगभग 22 लाख अभ्यर्थीले यदि आफ्नो वैध दस्तावेज प्रस्तुत गरे पुनः आवेदन गर्नसक्छऩ्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande