-यस फसेलाबाट होम लोन र कार लोनको ईएमआई घट्ने सम्भावना
नयाँ दिल्ली, 06 जून (हि.स)। महँगी दर मन्द भएको अवस्थामा रिजर्भ ब्यांक अफ इण्डिया (आरबीआई)-ले नीतिगत ब्याज दर (रेपो रेट)-लाई 0.50 प्रतिशत घटाएर 5.50 प्रतिशत बनाइदिएको छ। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले शुक्रवार द्वैमासिक मौद्रिक नीति समिति (एमपीसी)- को तीन दिवसीय बैठकपछि उक्त आशयको घोषमा मुम्बईमा गरे।
आरबीआईको यस निर्णयको परिणामस्वरूप होम लोन र कार लोनको ईएमआई घट्ने बाटो स्पष्ट भएको छ। तथापि ब्यांकहरूले ब्याज दरमा कटौती गर्ने घोषणा गरे मात्र यस्तो हुनसक्छ।
आरबीआई गभर्नर सञ्जय मल्होत्राले एमपीसी बैठकमा लिइएको निर्णय बारे जानकारी गराउँदै भने, महँगी दर हल्का भएको बेला आरबीआईले घरेलु अर्थव्यवस्थालाई गति दिने उदेश्यले प्रमुख नीतिगत ब्याज दर रेपो रेटलाई 0.05 प्रतिशत घटाएर 5.50 प्रतिशत बनाएको छ।
आरबीआई गभर्नरले भने, चालू वित्त वर्ष 2025-2026 को लागि वास्तविक सकल घरेलु उत्पाद (जीडीपी) वृद्धि दर 6.50 प्रतिशत रहने अनुमान छ जुन हाम्रो पहिलो पूर्वानुमान अनुसार जारी रहनेछ जसमा पहिलो त्रैमासिक 6.50 प्रतिशत, दोस्रो त्रैमासिक 6.7 प्रतिशत, तेस्रो त्रैमासिक 6.6 प्रतिशत अनि चौथो त्रैमासिक 6.4 प्रतिशत रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा