कुचबिहार, 19 जुलाई (हि.स.)। कुचबिहार जिल्लाको बड़ों शोलमारी ग्राम पञ्चायतका भाजपा सदस्य तापस राय र उनका समर्थकहरूले भाजपालाई छोड़ेर शनिवार तृणमूल कंग्रेस (TMC)-को झण्डा समातेका छन्।
शनिवार अपरान्ह कुचबिहार जिल्ला तृणमूल कंग्रेस कार्यालयमा आयोजित एक कार्यक्रममा सांसद जगदीश चन्द्र बर्मा बसुनियाको उपस्थितिमा सबैले औपचारिक रूपमा टीएमसीमा सामेल हुने घोषणा गरे।
नवागत टीएमसी नेता तापस रायले भने, उनले मुख्यमन्त्री ममता ब्यनर्जीको विकास कार्यहरूबाट प्रेरित भएर तृणमूल कंग्रेसमा सामेल हुने फसेला लिएका हुन्। उनले यो पनि बताए, उनले आफ्नो गाउँमा विकासलाई अझ गति दिनका लागि यो कदम उठाएका हुन्।
यस अवसरमा सांसद जगदीश चन्द्र बर्मा बसुनियाले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा भइरहेको विकास कार्यहरूबाट प्रेरित भएर पहिला पनि धेरैजना पञ्चायत सदस्यहरू भाजपा छोड़ेर कंग्रेसमा सामेल भइसकेका छन् र आगामी दिनमा पनि यो सिलसिला जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा